२३ असार २०८३, मंगलबार

सीडीओसँग विवरण लिएपछि प्रभावित क्षेत्र अवलोकनमा प्रधानमन्त्री प्रचण्ड

कात्तिक १८, २०८०
काठमाडौं
सीडीओसँग विवरण लिएपछि प्रभावित क्षेत्र अवलोकनमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

जाजरकोट पुगेर उनले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग ब्रिफिङ लिएका छन् । सीडीओसँग प्रभावित क्षेत्रको जानकारी लिएपछि उनले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने छन् । 

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्