
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनस्स्थापनाको काममा जुट्न अपिल गरेको छ ।
‘विपदको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न संघसंस्थालाई राप्रपा अपिल गर्दछ । साथै, भुकम्प प्रभावित क्षेत्रमा गइ उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौं’, प्रवक्ता मोहन श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम लगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठूलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःख प्रकट गरेको छ ।
जाजरकोटको बारेकोट गाउॅपालिका १ रामिडॅाडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भुकम्प गएको हो ।