३० जेठ २०८३, शनिबार

जाजरकोट भूकम्प : उद्दार र राहतका लागि ५० लाख दिने कांग्रेसको निर्णय

कात्तिक १८, २०८०
काठमाडौं
जाजरकोट भूकम्प : उद्दार र राहतका लागि ५० लाख दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले जाजरकोटमा गएको भूकम्पपछिको उद्दार, राहत र पुनस्र्थापनाको लागि ५० लाख सरकारलाई उपलव्ध गराउने भएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी राहत र उद्दारका लागि ५० लाख दिने निर्णय भएको जानकारी गराएका छन् । कांग्रेसले उद्दारमा खटिन सबैसँग आग्रह गरेको छ । 

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए मध्यराति भएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १३० बढीको ज्यान  गएको छ । सयाैं घाइते भएका छन् ।

घाइतेको उद्दार र पीडितलाई राहतको लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्