
सुदूरपश्चिम सरकारले जाजरकोट र रुकुम पश्चिमको भूकम्पबाट प्रभावितका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
यसका साथै २० जना चिकित्सकको टोली र औषधि प्रभावित क्षेत्रमा पठाउने निर्णय निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पपछि दुई जिल्लामा १३५ बढीको मृत्य र १४० जना बढी घाइते भएपछि तत्कालीन राहतस्वरुप सुदूरपश्चिम सरकारले यस्तो निर्णय गरेको जारी विज्ञप्तिमा भनिएको छ ।
भूकम्पपछिको खोज, उद्धार र राहतमा लाग्न पनि मुख्यमन्त्रीले प्रदेश सरकार अन्तर्गतका स्थानीय तहलाई पनि निर्देशन दिएका छन् ।
आवश्यक पर्दा सहयोग थप्दै जाने पनि मुख्यमन्त्रीले जनाएका छन् ।
गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्र बनाएर गएको ६.४ स्केलको भूकम्पमा गरी जाजरकोट र पश्चिम रुकुममा १३२ जनाको मृत्यु भएको छ । १४० जना बढी घाइते भएका छन् ।