२८ जेठ २०८३, बिहीबार

भूकम्पपीडितका लागि एनसेलले दियो ५० लाख, प्रभावित ३ जिल्लामा ४० लाख बराबरको सेवा नि:शुल्क

कात्तिक १८, २०८०
काठमाडौं
भूकम्पपीडितका लागि एनसेलले दियो ५० लाख, प्रभावित ३ जिल्लामा ४० लाख बराबरको सेवा नि:शुल्क

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको विनाशकारी भूकम्पका पीडितहरूलाई राहत, उद्धार र उपचारका लागि एनसेलले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

साथै, भूकम्पप्रभावित जिल्लाका बासिन्दालाई ४० लाख ब्यालेन्स बराबरको सेवा नि:शुल्क उपलब्ध गराउने घोषणा पनि एनसेलले गरेको छ ।

एनसेल आजियाटा लिमिटेडले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्दै कर्णाली प्रदेश सरकारमार्फत सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

‘भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु. ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ,’ एनसेल आजियाटा लिमिटेडद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रु. ४० लाख ब्यालेन्स बाराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं ।’

यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएसहरू समेत रहेको र समसीयमा १५ दिनका लागि तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । 

सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । 

सरकारले अंगीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । 

उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो वृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ । 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । 

त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । 

एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो ।​ आजियाटाको साथमा उत्कृष्ट नेटवर्क बनाएर नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्