
काठमाडौं, २७ पुस–सुपर स्टार लिओनल मेस्सीको अर्जेन्टिनामा रहेको तामाको प्रतिमा तोड फोड गरिएको छ ।
अर्जेन्टिनाका तथा बार्सिलोनाका सुपरस्टार मेस्सीको राजधानी ब्यूनर्स आयर्समा गत जुनमा प्रतिमा राखिएको थियो ।
मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेलगत्तै मेस्सीको प्रतिमा अनावरण भएको थियो । उनले पछि सन्यास फिर्ताको निर्णय गरेका थिए ।
मेस्सीको उक्त प्रतिमाको टाउको, हातलगायतका क्षति पु¥याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तोडफोडको कारण स्पष्ट हुन नसकेपनि शहरका अधिकारीहरुले यसको पुनर्निर्माण भइरहेको जनाएका छन् ।
यो क्षेत्रका मुर्तिहरु पहिले पनि चोरहरुको निशानामा पर्ने गरेका वीवीसीले जनाएको छ ।
मेस्सीको प्रतिमा ब्युनर्स आयर्सको ग्लोरी स्ट्रिटमा छ । जहाँ अर्जेन्टिनाका अन्य खेल स्टारहरुको प्रतिमा राखिएको छ ।