२३ असार २०८३, मंगलबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले १ महिनाको तलब भूकम्प पीडितलाई दिने

कात्तिक १८, २०८०
काठमाडौं
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले १ महिनाको तलब भूकम्प पीडितलाई दिने
फाइल फोटो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्प पीडितका लागि प्रदान गर्ने घोषणा गरेका उनका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भूकम्प गएको थियो । 

सोही भूकम्पबाट पीडित भएकाको सहायताका लागि सरकारले स्थापना गर्ने राहत कोषमा उनले आफ्नो एक महिनाको तलब प्रदान गर्ने बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्