२० असार २०८३, शनिबार

जाजरकोट भूकम्प : रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त

कात्तिक १८, २०८०
काठमाडौं
जाजरकोट भूकम्प : रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त

 रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्