२९ जेठ २०८३, शुक्रबार
टी-ट्वान्टी विश्वकप छनोट

नेपालले ओमानलाई दियो १८५ रनको चुनौती, गुल्सन र रोहितको सानदार अर्धशतक

कात्तिक १९, २०८०
काठमाडौं
नेपालले ओमानलाई दियो १८५ रनको चुनौती, गुल्सन र रोहितको सानदार अर्धशतक

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आइतबार बिहान टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो । 

नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए । २५ बल खेलेका उनले पाँच चौका र चार छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ५२ रन बनाए । ३७ बल खेलेका उनले पाँच चौका र दुई छक्का हाने ।

करण केसीले ६ बलमा २० रन बनाए ।

कुशल भुर्तेलले ३१ रन बनाए । उनी २२ बलमा ३१ रन बनाएर आउट भएका थिए । उनले दुई चौका र एक छक्का प्रहार गरे । 

यसअघि सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे ।

salt training

कमेन्ट गर्नुहोस्