१० असार २०८३, बुधबार

गोरखाको लिगलिगे दौडमा सेनाका जवान बने ‘राजा’

कात्तिक २०, २०७४
गोरखाको लिगलिगे दौडमा सेनाका जवान बने ‘राजा’
liglige dauda
गोरखा, ९ असोज
 - नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा भएका छन् । दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो । खेलकुदमन्त्री राजन केसीले श्रीपेच, रु ५० हजार पुरस्कारसहित रानाभाटलाई सोमबार पुरस्कृत गरे ।

रानाभाटले एक घण्टा दुई मिनेटमा निर्धारित १३।५ किलोमिटर दौड पूरा गर्नुभएको हो । चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ ।  यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो भएका हुन्। बस्नेतलाई रु ३० हजार पुरस्कारसहित मन्त्री केसीले पुरस्कृत गरे । यस्तै नेपाली सेनाका अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो हुनुभएको छ । बस्नेतले रु। २० हजार नगद पुरस्कार पाए । ११७ जना धावकले दौड प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले बताए । दौडमा स्वदेशी, विदेशी धावक सहभागी हुन पाउछन् ।
 
दौड उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले लिगलिग दौडलाई निरन्तरता दिन मन्त्रालय तर्फबाट बजेटको व्यवस्था गर्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य हिरण्यमान श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङ, महासमिति सदस्य प्रकाशचन्द्र दवाडी, उद्योग वाणिज्य संघका महासचिव भगवानबाबु मास्के, काँग्रेस नगर सभापति चन्दनबाबु खत्री, पालुङटारका प्रमुख दीपकबाबु कडेँंललगायतले ऐतिहासिक लिगलिगकोटमा पूर्वाधार खडा गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्