३२ असार २०८३, बिहीबार

लुम्बिनीका प्रदेश सचिव अधिकारीसहित ३ जनाविरुद्ध १ करोड ३१ लाखको भ्रष्टाचार मुद्दा

कात्तिक १९, २०८०
काठमाडौं
लुम्बिनीका प्रदेश सचिव अधिकारीसहित ३ जनाविरुद्ध १ करोड ३१ लाखको भ्रष्टाचार मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित ३ जनाविरुद्ध आइतवार १ करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएको हो ।

तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौता बमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी/नगराई भुक्तानीसम्बन्धी टिप्पणी सदर गरी सम्झौता बमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

त्यसै गरी तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार तीन व्यक्ति र एक संस्थालाई प्रतिवादी बनाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्