२९ जेठ २०८३, शुक्रबार
भूकम्प प्रभावित क्षेत्रमा उपप्रधानमन्त्रीसहितको टोली​

खलंगा पुगेर गृहमन्त्री श्रेष्ठले भने - भूकम्प पीडितलाई बसोवास र उपचारको व्यवस्था सरकारले गर्छ

कात्तिक १९, २०८०
काठमाडौं
खलंगा पुगेर गृहमन्त्री श्रेष्ठले भने - भूकम्प पीडितलाई बसोवास र उपचारको व्यवस्था सरकारले गर्छ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट प्रभावित जनतालाई सहयोगमा कुनै कमी हुन नदिइने बताएका छन् । 

विभिन्न राहत सामग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावितको उद्धार, खानपिन, बसोवास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलंगा पुगेका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुवैतिर उत्तिकै परिचालित हुन पनि उनले निर्देशन दिएका छन् । 

उद्धारको काम लगभग सकिएकोले अब राहत, बसोवास, खानपिन र उपचारमा केन्द्रित हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

null

पीडित र प्रभावित परिवारहरूले  सरकारले तत्काल उद्धार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं नै शनिवार जाजरकोट र रुकुम पश्चिम आएर सुरक्षाकर्मीसहित उद्धारमा खटिएकोप्रति स्थानीयले सराहना गरेका थिए ।

पीडित र प्रभावितको समग्र जानकारी लिएपछि उपस्थितहरूलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नगद एवं जिन्सी राहत वितरण, खानपिन, बसोवास र उपचारमा कुनै कमी हुन नदिइने तथा पुनर्निर्माणको योजना तत्काल बनाइने समेत बताएका थिए । 

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली यसपछि पश्चिम रुकुम पुग्नेछ। टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन् ।null

null

salt training

कमेन्ट गर्नुहोस्