०६ असार २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिलो दही आलु

कात्तिक २०, २०७४
यसरी बनाउनुस् स्वादिलो दही आलु

काठमाडौं, ९ असोज — दशैंमा आलुको परिकार खान मज्जा आउँछ । आलुले शरीरमा ऊर्जा दिन्छ । यहाँ हामी तपाईंलाई दही आलु बनाउन सिकाउँछौं ।


सामग्री

तेल दुई ठूलो चम्चा
उमालेको आलु ३५० ग्राम
सर्स्युँको तेल एक ठूलो चम्चा
सर्स्युँको बिउ एक सानो चम्चा
जीरा एक सानो चम्चा
बेसार एक चौथाइ सानो चम्चा
हिंग एक चौथाइ सानो चम्चा
नून एक सानो चम्चा
रातो खुर्सानी एक सानो चम्चा
दही २७० ग्राम
धनियाँ एक ठूलो चम्चा

विधि
एउटा प्यानमा दुई ठूलो चम्चा तेल हालेर उमालेर बोक्रा छोडाइएको आलु हाल्नुस् र पाँच मिनेटसम्म पकाउनुस् ।

अर्को प्यानमा सर्स्युँको तेल, बिउ र जीरा हालेर भुट्नुस् ।

अब त्यसमा बेसार, हिंग, नून र रातो खुर्सानी हालेर मज्जाले मिसाउनुस् ।

अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउनुस् ।

यो पाकेपछि त्यसमा आलु हालेर दुई मिनेट पकाउनुस् ।

अब यसमा धनियाँ हालेर पस्किनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्