०८ असार २०८३, सोमबार

भूकम्पपीडितलाई प्राधिकरणको एक करोड

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्पपीडितलाई प्राधिकरणको एक करोड

 नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई रु एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोग स्वरुप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने आज निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए । 

भूकम्पपीडितलाई सहयोग स्वरुप रु एक करोड सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्