
भारतीय अभिनेता सलमान खानलाई आफूले थप्पड हानेको एक जना स्वामीले दावी गरेका छन् ।
टेलिभिजन रियालिटी शो विग बोसमा जब स्वामी ओम विग बोसको घरमा थिए तव पनि उनी केही न केही हरकत गरेर चर्चामा थिए । तर, जव उनी जव बिग बोसको घरबाट बाहिरिए उनी चर्चामै छन् ।
घरबाट बाहिरिएपछि स्वामी ओम लगातार विवादास्पद अभिव्यक्ति दिदै आएका छन् ।
कहिले सलमानलाई आइएसआइको एजेन्ट बताएर होस् वा विगबोसको घरमा नसायुक्त खाना खुवाएको विषयले नै किन नहोस् ।
तर यसपटक स्वामी ओमले एक भारतीय टिभी च्यानलमा दिएको अन्तवार्तामा उनले आफूले सलमानलाई थप्पड हानेको दावी गरेका छन् । नयाँ वर्षको स्पेशल कार्यक्रमका लागि जब सलमान खान विग बोसको घरमा पसे तव आफूले थप्पड हानेको स्वामीको भनाइ छ ।
स्वामीलाई थप्पड हानेको दृश्य किन टिभीमा नदेखाइएको भन्ने प्रश्नमा उनले भने,‘स्मोकिङ जोनमा सीसी क्यामेरा हुँदैन त्यही भएर मैले थप्पड हानेको दर्शकले देख्न पाएनन् ’
उनले आफूलाई विगबोसमा फिर्ता नबोलाए फाइनमा तोडफोड गर्ने समेत उनले धम्की दिए ।