
अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा बिहीवार बसेको विशेष साधारणसभामा भएको मतदानले प्रस्ताव अस्वीकृत गरेको हो ।
बर्खास्तीको विपक्षीमा ८७ मध्ये ५२ मत परेको थियो । यस्तै पक्षमा ५२ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको मतदानमा असन्तुष्ट ३४ सदस्यले सहभागिता जनाएनन् । उनीहरूले पछि मतदान बहिस्कार गरेको जनाएका थिए ।
अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पारित दुई तिहाई मत आवश्यक पर्ने थियो । बर्खास्तीको पक्षमा बहुमत नपुगेपछि प्रस्ताव अस्वीकृत भएको एन्फा स्रोतले जनाएकाे छ ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायतले भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए ।