२३ असार २०८३, मंगलबार

भूकम्पपीडितको सहयोगमा एनसेलः कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

कात्तिक २३, २०८०
काठमाडौं
भूकम्पपीडितको सहयोगमा एनसेलः कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको सहयोगार्थ कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

एनसेलले बिहीवार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

एनसेलका तर्फबाट चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए । 

साथै एनसेलले जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहलाई ४० लाख बराबरको ब्यालेन्स निःशुल्क उपलब्ध गराएको थियो । 

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गर्दै आएको कुरा हामीलाई अवगत छ । पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ,’ मन्त्री बीसीले भने । 

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरूमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग छलफल जारी राखेको एनसेलले जनाएको छ । भूकम्प प्रभावितलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

null

‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर उपाध्यायले भने । 

प्रदेश सरकारका कामु मुख्य सचिव चुडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।’

यससँगै भूकम्पपीडितको सहयोगमा एनसेलले झण्डै १ करोड रुपैयाँ खर्च गरेको छ । 

गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भुकम्प गएको थियो । जसबाट १५३ जनाको मृत्यु भएको छ । यस्तै ३६४ जना घाइते हुनका साथै थुप्रै भौतिक तथा सम्पत्तिको क्षति भएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्