![नेपाल विद्युत प्राधिकरणद्वारा ठुलो संख्यामा कर्मचारी माग [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Electricity_Authority_Bidhyut_pradhikaran__Z3LcRtTLHr.jpg)
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । प्राधिकरणले अधिकृत, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, इन्जिनियरसहित सहायक स्तरको लेखापाल, सुपरभाइजर, मिटर रिडलर लगायतका पदमा दरखास्त आह्वान गरेको हो। दरखास्त दिने अन्तिम मिति मंसिर १४ गतेलाई तोकिएको छ ।
