काठमाडौं, ९ असोज — चर्चित लोक गायिका तथा राप्रपाकी केन्द्रीय सदस्य कोमल वली एमालेमा प्रवेश गरेकी छिन् । सोमबार दाङमा आयोजित एक कार्यक्रममार्फत उनी राप्रपा परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन् ।

गत मंसिरमा राप्रपा प्रवेश गरेकी उनी हाल आएर पार्टीले आफूलाई वेवास्ता गरेको भन्दै एमालेमा प्रवेश गरेको बताइएको छ ।
उनलाई एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा पार्टीमा स्वागत गरेका थिए ।