०५ असार २०८३, शुक्रबार

द्रुतमार्गमा धरहरा भन्दा अग्ला खम्बा

कात्तिक २५, २०८०
काठमाडौं
द्रुतमार्गमा धरहरा भन्दा अग्ला खम्बा

काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा ‘हाइब्रिज’का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उच्चाइ ७८ मिटर रहेकोमा द्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् ।

 आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सैनानी बिनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताए ।

उनले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ बटा पाइलको काम सम्पन्न भएको बताए ।

आयोजना अन्तर्गत निर्माण गरिने ८२ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्