कात्तिक २२, २०८०
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलवार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारस्वरुप स्कुटर प्रदान गरेको छ । उक्त पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैर...
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ ।
आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहीको लागि पहिलो रोजाई हुन सफल भएको छ ।
वार्षिकोत्सवको अवसरमा बोल्दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले प्रयोगकर्ताले दिएको साथका लागि आभार व्यक्त गरे । ‘हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौं । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरूप्रति हामी आभारी छौं’ उनले भने ।
यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको बताए । यो सबैको लागि महत्वपूर्ण कोशेढुंगा भएको उनको भनाइ छ ।
यसका साथै वार्षिकोत्सवको अवसरमा ‘टिन इयर म्याजिक’ अफर सार्वजनिक गरिएको उनले जानकारी दिए ।
यो अफर अन्तर्गत कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुट रहेको छ ।
यसका साथै विभिन्न अफरहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले वार्षिकोत्सवको दिनमा अर्थात् कात्तिक २५ गते प्रत्येक अर्डरमा प्रोमो कोड ‘TeenYearMagic’को प्रयोगमा थप १३ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यस्तै, वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउनका लागि फूडमाण्डुले विभिन्न रेष्टुरेन्टहरूबाट निःशुल्क मिठाइहरू पनि प्रदान गर्ने भएको छ । साथै मःमः, चिकेन विङ्ग जस्ता अर्डरहरूमा ३ पिस थप गरेर १३ पिस प्रदान गरिने र नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू रहेका कम्पनीले जनाएको छ ।
सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गरेको फूडमाण्डुले २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो ।
झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलवार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारस्वरुप स्कुटर प्रदान गरेको छ । उक्त पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैर...
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ । महाएक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोबेम्बर ७ देखि ११...
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...
सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रवार राति गएको भूकम्पबाट पीडित तथा प्रभावित भएकाहरूका लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको विनाशकारी भूकम्पका पीडितहरूलाई राहत, उद्धार र उपचारका लागि एनसेलले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । साथै, भूकम्पप्रभावित जिल्लाका बासिन्दालाई ४० लाख ब्यालेन्...
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ । महिन्द्राले छोटो सम...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...