१० साउन २०८३, आइतबार

आईसीसीले गर्‍यो श्रीलंकाली क्रिकेट बोर्ड निलम्बन

कात्तिक २५, २०८०
काठमाडौं
आईसीसीले गर्‍यो श्रीलंकाली क्रिकेट बोर्ड निलम्बन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)लाई निलम्बन गरेको छ ।

बोर्डमाथि सरकारको हस्तक्षेप गरेको निहुँमा आईसीसीले निलम्बन गरेको हो ।

निलम्बनसँगै तत्कालका लागि बोर्डको सदस्यता पनि खारेज भएको छ । 

भारतमा जारी एकदिवसीय विश्वकपमामा श्रीलंकाको निराशाजना प्रदर्शन गरिरहेको छ । टोलीले ९ खेलमा २ मात्रै जित्न सकेको छ ।

यसलाई लिएर खेलकुदमन्त्री रोशन रणसिङ्घे बोर्डमाथि  खनिएका थिए । उनले बोर्डका पदाधिकारीलाई ‘देशद्रोही र भ्रष्ट’ संज्ञा दिँदै बर्खास्त गरेका थिए । तर त्यहाँको अदालतले बोर्डलाई पुनर्बहाली गरिदिएको थियो ।

यसै अवस्थालाई ध्यानमा राख्दै आईसीसीका अधिकारीहरूले अनलाइन बैठक गरेर बोर्डलाई निलम्बन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्