११ असार २०८३, बिहीबार

तालिम सकेको पहिलो र दोस्रो अनुसन्धानमै उत्कृष्ट बन्यो ‘रियो’

कात्तिक २६, २०८०
काठमाडौं
तालिम सकेको पहिलो र दोस्रो अनुसन्धानमै उत्कृष्ट बन्यो ‘रियो’

प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । आइतबार कुकुर तिहारका दिन प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

नेपाल प्रहरी केनाइन सामाखुशीले देशभर भएका ९८ कुकुरमध्ये जर्मन सेफर्ड जाताको रियो उत्कृष्ट भएको केनाइकका डिएसपी डा. रामचन्द्र सत्यालले लोकान्तरलाई बताए । ‘अहिलेको उत्कृष्ट कुकुर रियो ठहरिएको छ । यो देशभरका कुकुरमध्ये हो,’ डीएसपी सत्यालले भने ।

उनका अनुसार रियोले रौतहट र पर्सामा भएको हत्याको अनुसन्धान गरेको थियो । भरखरै तालिम समाप्त भएर अनुसन्धान निस्केको ‘अपराध अनुसन्धान विशिष्ट’ तालिम पाएको रियोको यी दुवै पहिलो अनुसन्धान हुन् । 

विरगन्जबाट रियो खटिएको थियो । अहिले प्रहरी विमानस्थलमा ८ वटा र उपत्यकाका अन्य ठाउँमा ३४ वटा कुकुर अपराध अनुसन्धान, लागूऔषधलगायत क्षेत्रमा काम गर्दै आएको डीएसपी सत्यालले बताए ।

अरु कुकुरले अन्य ७ वटा प्रदेश कार्यालयअन्तर्गत काम गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्