३० जेठ २०८३, शनिबार

जुवातास खेलिरहेको अवस्थामा ७ महिलासहित १६ जना समातिए

कात्तिक २६, २०८०
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ७ महिलासहित १६ जना समातिए
फाइल तस्वीर ।

ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई समातिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ । 

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ । 

नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्