२७ जेठ २०८३, बुधबार

चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह

कात्तिक २६, २०८०
कैलाली
चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह

 जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न÷नगराउन आग्रह गरेको छ । 

    सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न÷नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न-नगराउनसमेत आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्