पुस १३, २०८०
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
काठमाडाैं | कात्तिक २७, २०८०
ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।
तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थिए, न तुलबहादुर नै । उनीहरू सबैको आँखा रसाएका थिए ।
माझीले विमानस्थलमा बाध्यताका कारण विदेशिन लागेको लोकान्तरलाई बताए । ‘तिहारको मध्य दिनमा यसरी बाहिरिनु पर्दा कसको पो मन खुशी हुन्छ र ?’ माझीले भने, ‘के गर्नु जानै पर्यो, जानुपर्ने मेरो बाध्यता हो ।’
रोजगारीको शिलशिलामा ओमान बस्न थालेको १० वर्ष भयो । बिदामा नेपाल आएका उनले दिदी-बहिनीसँग तिहार मनाउन पाएनन् । ‘१० वर्षपछि भाइटीका लगाउन पाउँदा दिदी-बहिनी पनि खुशी थिए, म पनि खुशी थिए तर कम्पनीले हाजिरीमा नआउने भए अर्को राख्छु भन्यो त्यही भएर यही बीचमा हिँडे’ उनले भने ।
‘भिसा क्यान्सिल गरौं भन्ने नि लागेको थियो तर यसो सोचें यहाँ बसेर पनि के गर्न’ उनले थपे ।
वैदेशिक रोजगारीका लागि हजारौं नेपालीहरू विदेशिने गरेका छन् । उनले स्वदेशमै रोजगारी भए विदेशिन बाध्य हुनु नपर्ने गुनासो गरे ।
‘हामी विदेश बसेर नेपालका नेताहरूको गतिविधि हेरिरहेका छौं, उनीहरूको भनाइ र गराइमा एक शब्द पनि मिल्दैन, विश्वास गर्ने ठाउँ नै छैन’ उनले भने ।
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम दिएका हुन् । ईपीएस को...
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...
काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरभित्र ग...
काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...