
चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रन बनायो ।
तान्जानियाका लागि हुड्डा ओमरेले २५, ऐशा मोहमदले २१, साउम मातेले १६, कप्तान फतुमा किबाशुले ११ तथा मोनिका पाश्कलले १० रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले एक/एक विकेट लिइन् ।
नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।