२७ असार २०८३, शनिबार
शुभ साइतको टीका

राष्ट्रपति पौडेलले लगाए बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका

कात्तिक २९, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलले लगाए बहिनीहरू शारदा र चन्दाको हातबाट भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्