
रौतहटको चन्दरनिगाहपुरमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार महिलाको मृत्यु भएको छ। चन्द्रपुर ५ जगत पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ह २४५३ नं. को अटो र ज ७ प ८२५० नं. को मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार चन्द्रपुर ४ मुस्लिम टोलकी शैरुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल, अटो र चालक नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दामोदर केसीले जानकारी दिए ।