१२ असार २०८३, शुक्रबार
भारत उपाधि नजिक

भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा, प्रतिद्वन्द्वी आज तय हुने

कात्तिक ३०, २०८०
काठमाडौं
भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा, प्रतिद्वन्द्वी आज तय हुने

न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति मुम्बईको वनखेडे टस्टेडियममा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । भारत सन् २०११ पछि पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक १३४ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन बनाए।

बलिङतर्फ भारतका लागि मोहम्म शामीले सर्वाधिक सात विकेट लिए । जस्प्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान एक–एक रन लिए ।

त्यसअघि टस जितेर  पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले कीर्तिमानी ११७ रन बनाए । उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन् । अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन् ।

भारतका लागि श्रेयस अय्यरले १०५ रन जोडे। कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे। 

बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

अब उपाधिका लागि भारतले अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको खेलबाट हुने विजेतासँग खेल्ने छ । यी दुई टिमबीच आज  प्रतिस्पर्धा हुँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्