२३ असार २०८३, मंगलबार

भैँसीसँग ठोक्कियो तीव्रगतिको मोटरसाइकल, एक जनाको मृत्यु

कात्तिक ३०, २०८०
झापा
भैँसीसँग ठोक्कियो तीव्रगतिको मोटरसाइकल, एक जनाको मृत्यु

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । 

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
–––
 

salt training

कमेन्ट गर्नुहोस्