२३ जेठ २०८३, शनिबार

महिला टी–२० सिरिज : हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

कात्तिक ३०, २०८०
काठमाडौं
महिला टी–२० सिरिज : हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

चार देश सम्मिलित टी ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन । 

यससँगै अब हङकङले पहिला बलिङ गरिरहेको छ ।  नेपाललाई प्रतियोगिताको फाइनल खेल्न हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।  

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । 

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्