
दाङको बङ्गलाचुलीमा बुधवार दिउँसो अटो दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु भएकी उनी चढेको आटो बुधवार दिउँसो १ः४० बजे बङ्गलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो ।
घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।