
रुपन्देहीको देबदहमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख २१३१ नम्बरको बस गएराति देवदह नगरपालिकाको खैरेनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा २० यात्रु घाइते भएका छन् । जसमध्ये २ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक महेश पाठकले जानकारी दिए ।
गाडीमा ३८ यात्रु सवार थिए । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गाडी चालक प्यूठान झिमरुक गाउँपालिका वडा नम्बर ३ का प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गाडी सडकबाट ४ मिटर तल खसेको छ ।