२२ जेठ २०८३, शुक्रबार

अधिकांश बैङ्कले घटाए ब्याजदर

मंसिर १, २०८०
काठमाडौं
अधिकांश बैङ्कले घटाए ब्याजदर

काठमाडौँ । वाणिज्य  बैङ्कहरूले  मङ्सिर  महिनाका  लागि  नयाँ  ब्याजदर  सार्वजनिक  गरेका  छन्  ।  बैङ्कहरूले  कात्तिक  महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश  बैङ्कको  व्यक्तिगत  मुद्दती  निक्षेपको  ब्याजदर  कात्तिकको तुलनामा घटेको छ ।

कात्तिक  महिनामा  ९.९६  प्रतिशत  रहेको  वाणिज्य  बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ०.३३ प्रतिशत बिन्दु घटेर ९.६३ प्रतिशतमा झरेको छ । त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम  ब्याजदर  ०.३०६  प्रतिशत  बिन्दु  घटेर  ७.५४  प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ । एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २.०३ प्रतिशत बिन्दुले घटाएको छ ।

बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.९६ प्रतिशत ब्याज दिने भएको छ । एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ । बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर १.२४ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ । छ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता  दिएका  छन्  । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्