२२ जेठ २०८३, शुक्रबार

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालको सान्त्वना जीत

मंसिर २, २०८०
काठमाडौं
महिला टी–२० सिरिज : जापानविरुद्ध नेपालको सान्त्वना जीत

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जीत हात पारेको छ । यसअघि लगातार दुई खेल हारेको नेपालले अन्तिम खेलमा सानदार जीत हात पारेको हो । 

शनिबार बिहान हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान ४६ रनमै अलआउट भयो । पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११४ रनको लक्ष्य दिएको थियो ।  

नेपालकी अस्मिना कर्मचार्यले ४ विकेट लिइन् । त्यस्तै संगीता राईले ३ विकेट लिएकी छन् । पूजा महत्तो २ विकेट लिइन् । 

नेपालका लागि रूबिना क्षेत्रीले ३२ बलमा ५ चौकासहित ३८ रन, कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन, काजल श्रेष्ठले १५ रन, पुजा महतोले १३ रन र सीता रानामगरले ९ रन बनाएकी थिइन् ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासँग २७ रनले पराजित भएको थियो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।

महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । 

salt training

कमेन्ट गर्नुहोस्