१० असार २०८३, बुधबार

तीन प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

मंसिर ३, २०८०
काठमाडौं
तीन प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्