२६ जेठ २०८३, मंगलबार

चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै एकता र मेलमिलापको आधार खडा गरेका छन्: सभापति देउवा

मंसिर ३, २०८०
काठमाडौं
चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै एकता र मेलमिलापको आधार खडा गरेका छन्: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका हुन् । 

छठ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र पर्व हो । सभापति देउवाले यस पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् । 

उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताए । 

सभापति देउवाले छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्