
बर्दियामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ८ औरी बस्ने २५ वर्षीय लक्ष्मण थारू रहेका छन् ।
उनलाई आइतवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थारूले ती किशोरीलाई शनिवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।