नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)का दोस्रो तहका नेताबीच पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने सहमति भएको छ ।
माओवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेताहरूबीच आइतवार भएको छलफबाट पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने सहमति भएको हो ।
सहमतिमा माओवादीका तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा तथा नेसपाको तर्फबाट गंगा नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माओवादीको हँसिया हथौडा चिह्नबाट चुनाव लडेका श्रेष्ठ अहिले बागमती प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री छन् ।
आइतवारको छलफलमा माओवादी महासचिव देव गुरुङलगायत नेता सहभागी थिए ।
यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि नेसपाबाट निर्वाचित महेन्द्र यादवलाई पत्र पठाएको थियो ।
हेर्नुहोस्, वक्तव्य :