२० असार २०८३, शनिबार
राष्ट्रपतिद्वारा छठ पूजा

राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरीको छठ घाटमा पूजा आराधना

मंसिर ३, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरीको छठ घाटमा पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन्। 

ती पूजा स्थलमा पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।

null

राष्ट्रपति पौडेलले शुरूमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका हुन् । साथै उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजा स्थलमा पुगेर पूजा आरधना गरेका हुन् ।

राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं  महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

null

उनी कमलपोखरीको पूजास्थल पुग्दा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगन थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरू, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्