०७ असार २०८३, आइतबार

देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई

मंसिर ३, २०८०
हुम्ला
देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई

 काठमाडौँमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यस वर्ष देउसीभैलोबाट सङ्कलित रकमबाट स्थानीय रामदेव माध्यमिक विद्यालयको पुस्तकालयलाई सहयोग गरेका छन् । 

ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौँमा खेलिएको देउसीभैलोबाट सङ्कलित रु ५५ हजारबाट सामान्य ज्ञान, कथा, निबन्ध, साहित्य, गजललगायतका पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरिने क्लबका अध्यक्ष हिक्मत भण्डारीले जानकारी दिए । 

देउसीभैलोबाट सङ्कलित रकममार्फत सामाजिक काममा पनि लगानी तथा सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । अध्यक्ष भण्डारीले शिक्षक र विद्यार्थी दुवैका लागि उपयोग हुने गरी सहयोग गर्न लागेको बताए । 

कमेन्ट गर्नुहोस्