१० साउन २०८३, आइतबार

आइसीसी विश्वकप: कोहली सर्वोत्कृष्ट खेलाडी

मंसिर ४, २०८०
काठमाडौं
आइसीसी विश्वकप: कोहली सर्वोत्कृष्ट खेलाडी

भारतीय खेलाडी विराट कोहली आइसीसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । फाइनलमा पराजित भए पनि उनलाई आइसीसीले प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरेको हो । 

भारतलाई अपराजित रहँदै फाइनलमा पुर्‍याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए ।

उनले न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १ सय १ रन बनाएका थिए । कोहलीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडीआईमा सर्वाधिक शतकको कीर्तिमान बनाएका थिए । उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्