१२ असार २०८३, शुक्रबार

माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब, नमाने पार्टी फुटाउने चेतावनी !

मंसिर ४, २०८०
काठमाडौं
माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब, नमाने पार्टी फुटाउने चेतावनी !

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण   श्रेष्ठ   पक्षले   माओवादी   केन्द्रसँग  एकता  गर्न  भट्टराईमाथि  दबाब  बढाएका हुन् । 

नेसपा  केन्द्रीय  समिति  बैठक    मङ्सिर  ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले  चेतावनी  दिने  गरेको  दाबी  नेसपाका  केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गरे ।

अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उनले बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्