०८ साउन २०८३, शुक्रबार

थोकमा तरकारीको भाउ सस्तियो

मंसिर ४, २०८०
काठमाडौं
थोकमा तरकारीको भाउ सस्तियो

पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलुु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ ।

खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार  कात्तिकको  तेस्रो  सातासम्म  प्रतिकेजी  ९०  रुपियाँ  थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपियाँमा झरेको छ ।

सो अवधिमा रातो आलुु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्