×

चलचित्रको घट्दो चाप

फागुनसम्म नेपाली चलचित्रको खडेरी, भएका पनि जुध्ने तरखरमा

काठमाडाैं | मंसिर ४, २०८०

NTC
Premier Steels
Marvel

यस वर्ष ठूला चाडबाडको अवसर पारेर ‘परदेशी २’, ‘पशुपति प्रसाद २ः भस्मे डन’, ‘दिमाग खराब’जस्ता बहुप्रतिक्षित चलचित्रहरू प्रदर्शनमा आए ।

yONNEX
Sagarmatha Cement

दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भस्मे डन’ दुवै चलचित्रले राम्रो व्यापार गरे । तिहारको अवसर पारेर प्रदर्शनमा आएको ‘दिमाग खराब’ले दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूला चाडबाड सकिएसँगै अब भने हलमा नेपाली चलचित्रको खडेरी हुने देखिएको छ । 


Advertisment

विगतमा महिनामा ८ वटासम्म चलचित्र प्रदर्शनमा आउने गरेकोमा अबका केही महिना महिनामा २ देखि ३ वटासम्म मात्रै चलचित्र प्रदर्शनमा आउने देखिएको छ । 

Vianet communication
Laxmi Bank

गत शुक्रवार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएनन् । आउँदो शुक्रवारका लागि पनि नयाँ चलचित्र छैनन् । वितरक करण श्रेष्ठ फागुनको अन्तिमसम्म हलमा चलचित्रको खडेरी हुने देखिएको बताउँछन् । 

‘अब एकैपटक मंसिर २९ मा मात्र नेपाली चलचित्र रिलिज हुँदैछन् । त्यसपछि फेरि केही हप्ता चलचित्र छैनन्,’ श्रेष्ठले लोकान्तरसँग भने । 

यसवर्ष चलचित्र निर्माण नै घटेको उनी बताउँछन् । अधिकांश निर्माता एवं निर्देशकहरूले प्रदर्शनका लागि चाडपर्व र बिदालाई लक्षित गर्दा मंसिरसँगै आगामी महिना चलचित्रको खडेरी देखिन लागेको वितरक श्रेष्ठ बताउँछन् । 

‘चलचित्र नै कम छन् । जति छन्, बिदा र चाडपर्वलाई लक्षित गरिएको छ । त्यसले गर्दा केही साता पूरै खाली देखिएको छ । बिदा र चाडपर्व भए फेरि दुई वा दुईभन्दा बढी चलचित्र पनि जुधेका छन्,’ उनले भने । 

त्यसो त मंसिरसँगै जाडोयाम शुरू हुने भएकाले त्यसपछिका केही महिना चलचित्र रिलिज गर्न निर्माताहरू उत्ति अग्रसर रहँदैनन् । 

यद्यपि, प्रदर्शनमा आउने चलचित्रहरू अरूसँग भिड्नुभन्दा सिंगल आउँदा राम्रो हुने वितरक श्रेष्ठ बताउँछन् । 

अबको शेड्युल– कुनै साता रित्तै, कुनै साता तीनवटासम्म

मंसिर २९ मा ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आउँदैछन्, त्यसपछि एकैपटक पुस २७ मा मात्र नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउनेछन् । 

पुस २७ गतेका लागि ‘पर्खी बसेँ तिमीलाई’, ‘चित्रा’ र ‘देववाणी’ गरी तीन चलचित्रले प्रदर्शन मिति तय गरेका छन् । माघे संक्रान्तिलाई लक्षित गर्दै यी चलचित्र प्रदर्शनमा आउन लागेका हुन् । 

त्यसपछि फेरि दुईसाता कुनै नेपाली चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् । माघ १९ का लागि ‘नम्बरी सुन’ले प्रदर्शन मिति तय गरेको छ । माघ २६ का लागि ‘हात्तीछाप’ र ‘दयारानी’ गरी दुई चलचित्रले प्रदर्शन मिति तय गरेका छन् । 

फागुन २५ का लागि ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’को प्रदर्शन मिति घोषणा भइसकेको छ । महाशिवरात्रिको अवसर पारेर यी चलचित्र प्रदर्शनमा आउने घोषणा भएका हुन् ।

निर्माता संघका अध्यक्षकै चलचित्र जुध्नुपर्ने बाध्यता

चलचित्र प्रदर्शनका लागि फागुनयताका धेरै साता खाली छन् । विभिन्न मिति खाली हुँदाहुँदै अन्य निर्माता, निर्देशकले आफूले घोषणा गरिसकेको मिति रोजेपछि दुःख लागेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का गुनासो गर्छन् । 

खड्का फागुन २५ का लागि प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘काँडेतार’का निर्माता, निर्देशन एवं अभिनेता हुन् । 

शुरूआतमा आफूले प्रदर्शन मिति घोषणा गरे पनि पछि अरू चलचित्रहरू जुध्न आएको भन्दै उनले भने, ‘मेरो चलचित्र दशैं/तिहारमा प्रदर्शनमा ल्याउन सक्थे होला, तर मैले कसैले प्रदर्शन मिति नतोकिसकेको फागुन २५ मा चलचित्र ल्याउने घोषणा गरेँ । तर, अहिले अरू चलचित्रहरू त्यही मितिमा जुध्न आए ।’ 

आफ्नो राष्ट्रियता बोकेको चलचित्रलाई सहयोग गर्नुपर्नेमा झन जुध्न आउँदा दुःख लागेको खड्काले बताए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १, २०८०

महिना दिनमै दुईवटा चलचित्रबाट सफलताको स्वाद पाउने सौभाग्य बिरलै कलाकारले पाउँछन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने अहिले त्यस्तै सौभाग्य मिलेको छ ।  तीन साताको अन्तरमा प्रदर्शनमा आएका उनका दुई वटै चलचित्...

कात्तिक २०, २०८०

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’सेन्सर पास भएको छ ।  फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट (सेन्सर बोर्ड)बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । योसँगै फिल्म हरेक उमेरका दर्शकले ...

मंसिर १, २०८०

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ शुक्रवारबाट दोस्रो सातामा प्रवेश गरेको छ ।  निश्चल बस्नेत निर्देशित चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ ।&n...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x