०९ साउन २०८३, शनिबार

असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानून तर्जुमा गरिन्छ : प्रधानमन्त्री

मंसिर ४, २०८०
काठमाडौं
असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानून तर्जुमा गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानून तर्जुमा गर्ने बताएका छन् । उनले सङ्घीय संसद्‌को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव सेवा आश्रमले आज काठमाडौंमा आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । अनाथ, अशक्त, जोखिममा परेका नागरिकको संरक्षणका लागि कानून नै बनाएर कार्यान्वयन गरिने उनको भनाइ थियो ।

यस्तै, सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाए । 

मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावस्यक सेवामा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताए । 

प्रधानमन्त्रीले भने, ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्‌बाट निश्चित कार्य योजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने विश्वास दिलाउँछु ।’

salt training

कमेन्ट गर्नुहोस्