१२ साउन २०८३, मंगलबार

विद्यालयमा इजरायली आक्रमण- १२ प्यालेस्टाइनीको मृत्यु

मंसिर ४, २०८०
काठमाडौं
विद्यालयमा इजरायली आक्रमण- १२ प्यालेस्टाइनीको मृत्यु

मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमण हुँदा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु  भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । 

"इजरायली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको  मन्त्रालयले जनाएको छ।

विद्यालयमा संयुक्त राष्ट्रसंघको झण्डा फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा  आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।

एजेन्सीका १०४  कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो । द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन्।

salt training

कमेन्ट गर्नुहोस्