
दक्षिणी भारतीय राज्य तेलङ्गानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
सोमबार भएको दुर्घटना तेलङ्गानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रङ्गा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो।
घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले बताएका छन् ।
रङ्गशालाको स्ल्याब र पर्खाल भत्किँदा थुप्रै कामदारहरू भाग्नावशेषमुनि फसेका थिए ।
निर्माण विज्ञहरूका अनुसार प्रायः निर्माण नियमहरू उल्लङ्घन, प्रशासनको लापरबाही र भ्रष्टाचारजन्य गतिविधिका कारण भारतमा यस्ता दुर्घटना हुने गरेको पाइएको छ ।