१४ असार २०८३, आइतबार

यी क्षेत्रमा हिमपातको सम्भावना

मंसिर ५, २०८०
काठमाडौं
यी क्षेत्रमा हिमपातको सम्भावना
फाइद्य तस्वीर

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्